काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी अबुधाबीमा भएको बस दुर्घटनामा तीन नेपाली महिलाको मृत्यु भएको छ। स्थानीय समय अनुसार बिहीबार भएको दुर्घटनामा रोजगारीका लागि अबुधाबी पुगेका नेपालीको मृत्यु भएको हो।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार दुर्घटनामा मृत्यु भएका ६ मध्ये तीन नेपाली महिला रहेको पुष्टि भएको छ। मृत्यु हुनेमा झापाकी कृष्णा अधिकारी, प्युठानका भावना कुँवर र बाराकी अमिसा मोक्तान रहेको नेपाली राजदूतावासले जनाएको छ। मृत्यु हुने अन्यमा पाकिस्तानी बस चालक र श्रीलंकाका महिला रहेको बताइएको छ। दुर्घटनामा १४ नेपाली घाइते भएका छन्।
घाइतेहरूको अबुधाबीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा चितवनकी निर्मला प्रजा, सुजला विश्वकर्मा, मनकवानपुरकी रीता सिवाकोटी, मिना सिंह, ललितपुरकी कमला नेपाली, दाङकी आशा घर्ती, सिन्धुपाल्चोककी माया तामाङ, सरिता थापा, झापाकी तुलसा थापा, पवित्रा तामाङ र मुना राई छन्। त्यस्तै, नुवाकोटकी सरिता तामाङ, सुनसरीकी वर्षा विश्वकर्मा पनि घाइते भएको दूतावासले जनाएको छ।
अधिकांश घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ। केही घाइते उपचारपछि कोठामा फर्किसकेको अबुधाबीमा काम गर्ने सञ्जय गुरुङले बताए। एमबिएम नामक कम्पनीमा काम गर्ने श्रमिक चढेको बस अल रहा भन्ने स्थानमा गुडिरहेको लरीमा ठोक्किएको थियो। बसमा चालकसहित २४ सवार थिए। तीमध्ये २३ जना महिला थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०४ माघ २०७६, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडी बस दुर्घटना अपडेट : १७ जना घाइते, दुईको अवस्था गम्भीर
बैतडीमा बस दुर्घटना, थप विवरण आउन बाँकी
वीपी राजमार्गमा भएको बस दुर्घटनाबारे अध्ययन गर्न छानबिन समिति गठन
वीपी राजमार्गमा बस दुर्घटना, उद्धार कार्य जारी
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान