पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट ससस्त्र प्रहरीको टोलीले करीब रु पाँच लाख १७ हजार भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतमा घर बताउने २९ वर्षिय सचिन भास्कर छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । भास्करले उक्त रकमको श्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका भास्करलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।
चोरीपैठारीको सामान बरामद
यस्तै झापा जिल्लाको मेचीनगर नगरपालिकास्थित जोरसिमल ईलाकाबाट एपीएफ टोलीले करीब चार लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको मोटर पार्ट्स, किराना सामान र कोरियन कम्पनीको विभिन्न औषधी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट सशस्त्र प्रहरी निरीक्षक दिव्यराज कोईरालाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ माघ २०७६, २० : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ