काठमाडौं । जलाउन लागेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सिंघिया खोलाको घाटबाट महिलाको शव नियन्त्रणमा लिएको हो । माइती पक्षले मृत्यु शंकास्पद रहेको भन्दै खबर गरेपछि प्रहरीले मसानघाटबाट शव नियन्त्रणमा लिएको हो ।
विराटनगर–८ बलुवाहीस्थित सिंघिया खोलामा जलाउने तयारी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । विराटनगर–८ बलुवाहीकै २८ वर्षीया प्रेमदेवी साहलाई श्रीमानका परिवारले सद्गत गर्ने उद्देश्यले खोलामा पुर्याएको थियो ।
बुधबार राति कालगतिले उनको मृत्यु भएको श्रीमान पक्षले दाबी गरेपनि मृतको घाँटीमा शंकास्पद डाम देखिएपछि मृतक साहको शव प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मृतक महिलालाई जलाउनका लागि घाटमा पु¥याएर चितासमेत बनाइसकेको अवस्थामा माइती पक्षका आफन्तले मृतको घाँटीमा आलो डाम देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शवको मुचुल्का गरी पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको छ । यो समचार नेपाल समाचारपत्रमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०३ माघ २०७६, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा २ जनाको शव फेला
इजरायललाई थप दुई बन्धकको शव हस्तान्तरण
विपिन जोशीको शव भोलि काठमाडौँ ल्याइँदै
गंगा दाहालको घरमा जलेको अवस्थामा भेटियो शव
अटो दुर्घटनामा वेपत्ता यात्रुहरु मध्ये २ जनाको शव फेला
सुटकेशभित्र एक महिलाको शव फेला