काठमाडौँ । राष्ट्रिय एकताको संरक्षण र सम्बर्धन गर्न नेपाली सेनाले वृहक एकीकरण मार्ग कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रमको प्रधानसेनापति पूर्णचन्द्र थापाले आज उद्घाटन गरे ।
संवैधानिक जिम्मेवारीसमेत प्राप्त गरेको नेपाली सेनाले ऐतिहासिक गढी, किल्ला तथा एकिकरण पदमार्गको संरक्षण गर्ने लक्ष्यका साथ कार्यक्रम शुरु भएको र यसलाई थप व्यवस्थित बनाउने लक्ष्य रहेको थापाले बताए । इतिहास, संरक्षण एवं सम्बद्र्धन कार्यमा नेपाली सेनाको सहभागिता सम्बन्धी निर्देशिका २०७६ समेत लागू गरी कार्य सम्पादन शुरु गरिएको उनले बताए ।
एकीकरण मार्ग कार्यक्रम अन्तर्गत इतिहास र संस्कृतिको सम्बर्धन र प्रवर्धन गर्ने, कार्यक्रम तर्जुमा गर्ने कार्यमा सङघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार, विभिन्न मन्त्रालयहरु, पुरातत्व विभाग, पर्यटन बोर्ड, इतिहास तथा संस्कृतिविद्बाट संस्थागत वा व्यक्तिगत तवरबाट प्राप्त भएको सहयोग र साथ अभिप्रेरक भएको उनले बताए ।
ऋाजदेखि उक्त अभियान अन्तरगत तीन दिने सेमिनार शुरु भएको छ । उक्त सेमिनारको यही पाँच गते उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सहभागिता जनाउने छन् । कार्यक्रममा नेपाल सरकारका सचिवहरु, प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरु, विभिन्न मन्त्रालय तथा विभागहरुका महानिर्देशकहरु तथा निर्देशकहरु, इतिहासविद्, संस्कृतिविद्, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरु, सञ्चारकर्मी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ माघ २०७६, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय