एजेन्सी । जवाहरलाल नेहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारको लोकप्रियताबाट नरेन्द्र मोदी स्वयम् चिन्तामा परेको खबर सार्वनिक भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटसको यससम्बन्धी समाचारलाई उदृत गर्दै बीबीसी हिन्दीले यसबारेमा समाचार लेखेको छ ।
रोयटर्सले कन्हैया कुमारको व्यक्तिचित्र सम्बन्धी समाचार तयार पार्न सम्पर्क गरेका मोदी सरकारसँग नजिकका एक जना व्यक्तिले यो जानकारी दिएका थिए ।
ती स्रोतका अनुसार युवा अझ पहिलो पटक मतदान दिन लागेका जनसंख्यामा कन्हैया कुमार धेरै लोकप्रियता रहेको कुरामा मोदी सरकार चिन्तित छ ।
बीबीसी हिन्दीका अनुसार रोयटर्सको समाचारमा उक्त जानकारी दिने नजिकका व्यक्ति नाम भने उल्लेख गरिएको छैन ।
रोयटर्सको रिर्पोट अनुसार केन्द्र सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनले प्राप्त गर्ने फण्डिङमाथि पनि नजिकबाट नजर राखिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ माघ २०७६, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?