एजेन्सी । जवाहरलाल नेहरु विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी संगठनका पूर्व–अध्यक्ष तथा हाल भारतीय कम्युनिष्ट पार्टीका युवा नेता कन्हैया कुमारको लोकप्रियताबाट नरेन्द्र मोदी स्वयम् चिन्तामा परेको खबर सार्वनिक भएको छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटसको यससम्बन्धी समाचारलाई उदृत गर्दै बीबीसी हिन्दीले यसबारेमा समाचार लेखेको छ ।
रोयटर्सले कन्हैया कुमारको व्यक्तिचित्र सम्बन्धी समाचार तयार पार्न सम्पर्क गरेका मोदी सरकारसँग नजिकका एक जना व्यक्तिले यो जानकारी दिएका थिए ।
ती स्रोतका अनुसार युवा अझ पहिलो पटक मतदान दिन लागेका जनसंख्यामा कन्हैया कुमार धेरै लोकप्रियता रहेको कुरामा मोदी सरकार चिन्तित छ ।
बीबीसी हिन्दीका अनुसार रोयटर्सको समाचारमा उक्त जानकारी दिने नजिकका व्यक्ति नाम भने उल्लेख गरिएको छैन ।
रोयटर्सको रिर्पोट अनुसार केन्द्र सरकारले कन्हैया कुमारको व्यक्तिगत जीवन र उनले प्राप्त गर्ने फण्डिङमाथि पनि नजिकबाट नजर राखिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०२ माघ २०७६, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतले जित्यो तीन खेलको वान डे सिरिज
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु