काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छुटाउने प्रतिबद्धता गर्नुभएको छ ।
टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने प्रतिबद्धता गर्दै भन्नुभयो, ‘रेशम चौधरीलाई छुटाउँछु, केही समय पर्खनुहोला ।’
माघीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुख र पार्टीलाई भनेर सपथको निर्णय गराउन भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला ।’
प्रचण्डले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूटो रहेको बताउनुभएको छ ।
‘ममाथि गलत तथ्यांक बारम्बार दोहोरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ उहाँले भन्नुभयो। उहाँले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताउनुभयो ।
‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ यो सत्य होइन’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘महाधिवेशनमार्फत नेतृत्व हस्तान्तरण र पुनर्गठन गर्छौँ’ : ‘प्रचण्ड’
‘विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहनेछ’- ‘प्रचण्ड’
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता
६ महिनाभित्र नेकपाको महाधिवेशन गर्ने प्रचण्डको लक्ष्य