काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छुटाउने प्रतिबद्धता गर्नुभएको छ ।
टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने प्रतिबद्धता गर्दै भन्नुभयो, ‘रेशम चौधरीलाई छुटाउँछु, केही समय पर्खनुहोला ।’
माघीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर बहस भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सभामुख र पार्टीलाई भनेर सपथको निर्णय गराउन भूमिका खेल्ने पनि म हुँ भन्ने नबिर्सनुहोला ।’
प्रचण्डले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको आरोप झूटो रहेको बताउनुभएको छ ।
‘ममाथि गलत तथ्यांक बारम्बार दोहोरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ उहाँले भन्नुभयो। उहाँले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताउनुभयो ।
‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ यो सत्य होइन’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०१ माघ २०७६, १६ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन नेपालको राष्ट्रिय आवश्यकता बनेको छ: प्रचण्ड
विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: प्रचण्ड
एमाले महाधिवेशनमा प्रचण्ड-माधव नजाने
पर्वतहरू प्रकृतिका अमूल्य धरोहर : प्रचण्ड
मुलुकको संकट अझै टरेको छैन: प्रचण्ड
सामाजिक न्यायबिना कुनै पनि समाज सभ्य, समृद्ध र लोकतान्त्रिक बन्न सक्दैन : प्रचण्ड