काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट स्रोत नखुलेको नगद ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पर्सा हिपरमाई गाउँपालिका–८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका–१६ घर भएका ३८ वर्षीय राजु पौडेल रहेका छन् ।
काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा.२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी पर्साको वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकबाट स्रोत खुलाउन नसकेको नगद ३ लाख रुपैयाँसहित भारत बिहार मोतिहारीका २१ वर्षीय जबिउल्लाह आलमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गरेको बीआर ०५ भी ३४४४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकमसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०७६, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ