घट्यो सुनचाँदीको मूल्य

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०७६, १२ : ३८
घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य ७४ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार छापावाल सुनको मूल्य ७४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ७३ हजार ७०० मा कारोबार भएको छ । 

यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा ९०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर ८०० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस