रौतहट । रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी बिजुलीको लाइन गएकोे मौका छोपी कारागारबाट भागेका छन् । जिल्लाको गढीमाई नगरपालिका वाड नं. १ बस्ने २८ वर्षीय अशोक यादव बिजुलीको लाइन गएको मौका छोपी कारागारबाट फरार भएका हुन । राती करिब साडे ८ बजे बिजुलीको लाइन कटेको मौका छोपी कैदी यादब फरार भएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख शम्भु यादबले जानकारी दिए । ढोकामा कार्यालय सहयोगीले ताल्चा लगाउन बिर्सेको र बिजुलीको लाइन गएको मौका पारेर यादब फरार रहेको उनले बताए ।
सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ बर्षको सजाय तोकिएर एकसाता अघि कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो । कारागारबाट आइतबार राति आठदेखि साढे आठ बजेका बीचमा कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए ।
कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ ।उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै बरामद गरेको छ । कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २९ पुस २०७६, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीमफेदी कारागार तोडेर फरार भएका कैदी बारामा चोरी गर्दा पक्राउ
कारागारको सुरक्षा जिम्मा नेपाली सेनालाई
केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ
कास्कीमा जेनजी आन्दोलन: आगजनी र तोडफोड गर्ने रास्वपा नेतासहित ४ जना कारागार चलान
जलेश्वर कारागारका २७३ कैदीबन्दी अझै फरार
भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन