काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबार बंगलादेशतर्फ प्रस्थान गरेका छन् । उनी नेपाली सेनाकै ‘एम २८ स्काइ ट्रक’ विमानबाट बंगलादेश प्रस्थान गरेका हुन् ।
बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमदको औपचारिक निमन्त्रणामा सात सदस्यीय भ्रमण दलसहित त्यसतर्फ प्रस्थान गरेको सैनिक मुख्यालयले जनाएको छ ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बंगलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति थियो । यसअघि प्रधानसेनापति थापालाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
भ्रमणका क्रममा उनले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।
प्रधानसेनापतिको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास गरिएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १६ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाको स्वर्ण पदक विजेता टोलीलाई जंगी अड्डामा सम्मान
भूकम्प प्रभावित म्यानमारलाई नेपाली सेनाको मल्हम- मेडिकल राहतसहितको टोली प्रस्थान
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं: सेना
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय