काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा छलफल शुरु भएको छ । छलफलका लागि अध्यक्ष प्रचण्ड केही वेर अगाडी मात्रै प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । पार्टीले सभामुखमा उम्मेदवारी दिने र त्यसका लागि बाटो खेलिदिन उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई दिएको निर्देशनमा उनले अटेरी गर्ने चेतावनी दिन थालेपछि दुई अध्यक्ष बालुवाटारमा छलफलमा बसेका हुन् ।
बालुवाटार स्रोतका अनुसार, आजको संसद बैठक फेरि सूचना टाँस गरेर स्थगित गराउने या त्यसभन्दा अगाडी नै उपसभामुख तुम्वाहाम्फेलाई राजीनामाका लागि कसरी मनाउने भन्नेमा दुई अध्यक्ष अहिले छलफलमा बसिरहेका हुन् । नेकपाले संसदको सभामुखका उम्ेमदवार चयन गर्न नसक्दा ४ पुसबाट शुरु भएको हिउँदे अधिवशेन बन्धक बनिरहेको छ । यो बीचमा ११ पुस र १६ पुसमा संसद बैठक बोलाएर पनि सूचना टाँस गदै स्थगित गर्ने काम मात्र भईरहेको छ ।
संविधानमा एकै पार्टीका ब्यत्तिः सभामख र उपसभामुख हुन नपाउने ब्यवस्था रहेको कारण नेकपाले सभामुखमा उम्ेमदवारी दिनका लागि निर्वाचन प्रक्रिया शुरु हुनु अगावै उपसभामुखले राजीनामा दिनै पर्ने बाध्यता छ । उनले राजीनामा नदिए नेकपाले सभामुखमा उम्मेदवारी दिन समेत वैधानिक बाटो पाउने छैन । तर उपसभामुख तुम्बाहाम्फेले आफुलाई अहिलेसम्म पार्टीले राजीनामा दिन औपचारिक रुपमा पत्र नपठाएको बताईरहेकी छिन् ।
उनलाई अध्यक्ष या महासचिवमार्फत पत्र पठाउने तयारी गरेपछि उनले नयाँ शर्त अगाडी सारेको बालुवाटार स्रोतले बतायो । शिवमायाले आफुलाई राजीनामाका लागि पार्टीले गर्ने आग्रह्को पत्रमा नयाँ सभामुख पार्टीले यो ब्यक्तिलाई चयन गरेको छ, त्यसैले तपाईले राजीनामा दिनुहोस् भनेर उल्लेख गर्नुपर्ने र आफु बाहेक अन्य ब्यक्तिलाई सभामुखमा उम्मेदवार चयन गरिए आफुलाई हटाउनु पर्नाको कारण पनि पत्रमा उल्लेख गरिनुपर्ने नया शर्त अगाडी सारेकी छिन् ।
उनको यो शर्तपछि नेकपाका अध्यक्षद्वय ओली प्रचण्ड दबाबमा परेका छन् । तुम्बाहाम्फेको यो अडानभित्र कतै पूर्व एमालेभित्रका पनि प्रधानमन्त्री ओलीको अदृश्य धाप कारण हो की भन्ने आशंका पनि गरिन थालिएको छ । तर कतिपयले तुम्बाहाम्फेले सरासर पार्टी निर्णय नमानी अटेर गरेमा उनलाई पार्टीले सांसदबाटै पनि फिर्ता बोलाउन सक्ने तर्क पनि अगाडी सार्न थालेका छन् ।
नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले उपसभामुखले पार्टी निर्णय मान्ने भन्दै नमाने समानुपातिकवाट सांसद बनेकाले पार्टीले फिर्ता बोलाउन सक्ने तर्फ संकेत गरेका छन् । रिजालले भनेका छन्, –‘धेरै हल्ला किन गर्नु ? नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाम्फेलाई नेकपाले आज उपसभामुखबाट फिर्ता आउन लिखित निर्देशन दिन्छ र उहाँले राजीनामा दिनुहुन्छ ।
किन्तु, परन्तु, भन्ने कुरै भएन । समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ ।’ बालुवाटारमा अहिले दुई अध्यक्षवीच भईरहेको छलफल पछि आजको संसद बैठक चल्ने नचल्ने र शिवमायाले राजीनामा दिने नदिने भन्ने विषय प्रष्ट हुने बालुवाटार स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ पुस २०७६, १० : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीले तिरे एमालेको लेबी
ओली भेटन बालुवाटार पुगेकी पूर्वराष्ट्रपति भण्डारीले सोधिन् यस्ता प्रश्न
“मै पनि चौकीदार” देखि “म झोले हो” सम्म : मोदीको सिको गर्दै ओली
ओली सरकारको कुटनीतिक असफलता: सगरमाथा संवादमा कुनै पनि विदेशी राष्ट्रप्रमुख, सरकार प्रमुख सहभागी नहुने
आफैँले बनाएको लुम्बिनीको सभाहलप्रति ओलीले जनाए असन्तुष्टि
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता