एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज (चैत १८) लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दै छन् । खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।
गत वर्ष आईपीएलमा लखनउले सातौँ स्थानमा रही प्रतियोगिता टुंग्गाएको थियो । १४ खेल खेल्दा लखनउले ६ जित र आठ हारसहित १२ अंक जोडेको थियो
दिल्ली क्यापिट्लसले भने पाँचौँ स्थानमा रही प्रतियोगिता टुंग्गाएको थियो । समान १४ खेल खेलेको डेल्हीले सात जित र ६ हारसहित १५ अंक जोडेको थियो ।
यी दुईबीचको खेल भारतको रत्न श्रीअटल विहारी भाज्पाये क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ७:४५ बजे हुनेछ । यी दुवैले आईपीएलमा हालसम्म उपाधि जितेको छैन । सन् २०२० मा सम्पन्न आईपीएलमा उपविजेता बन्नुनै दिल्लीले प्रतियोगितामा हालसम्म प्राप्त गरेको सुखद नतिजा हो ।
यता, लखनउले सन् २०२२ र सन् २०२३ मा सम्पन्न आईपीएलमा प्लेअफसम्मको यात्रा तय गरेको थियो । टोलीले हालसम्म प्रतियोगितामा आत्मसाथ गरेको सुखद नतिजा यही नै हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १८ चैत्र २०८२, ०९ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित