एजेन्सी । रुसको सैन्य विमान एएन–२६ मंगलबार क्रिमियामा दुर्घटनाग्रस्त भएको छ । २३ यात्री र ६ चालक दलका सदस्य सवार रहेको विमान दुर्घटनामा सबैको घटनास्थलमै मृत्यु भएको रुसी समाचार एजेन्सी तासले जनाएको छ ।
सुरुमा विमानसँगको सम्पर्क विच्छेद भएको थियो र पछि यो चट्टानमा ठोक्किएर दुर्घटनाग्रस्त भएको पाइएको थियो ।
प्रारम्भिक अनुसन्धानमा दुर्घटनाको कारण प्राविधिक खराबी हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ । घटनाको अनुसन्धान जारी रहेको बताइएको छ ।
एएन–२६ सोभियतकालीन सैन्य यातायात विमान हो । यसलाई एन्टोलोभ कम्पनीले बनाएको थियो । यसले सन् १९६९ मा पहिलो उडान भरेको थियो । यसको प्रयोग मुख्यतयाः सैनिक, हतियार र सैन्य सामग्री ओसारपसार गर्न गरिन्छ । यसले एकैपटक दर्जनौँ सैनिक वा भारी कार्गो बोक्न सक्छ ।
यो विमान साना र कच्ची रनवेबाट पनि उडान भर्न सक्षम रहेका कारण यसलाई दुर्गम र युद्ध क्षेत्रहरूमा बढी प्रयोग गरिन्छ । यसको पछाडिको ठूलो कार्गो ढोकाबाट ‘एयरड्रप’ अपरेसनहरू पनि गर्न सकिने बताइएको छ ।
५० वर्षभन्दा पुरानो डिजाइन भएका कारण यसको सुरक्षालाई लिएर बारम्बार प्रश्न उठ्ने गरेको र समय–समयमा यसका दुर्घटनाहरू पनि सार्वजनिक भइरहेको बताइएको छ । आज पनि धेरै देशहरूमा यो विमान प्रयोग भइरहेको भए पनि विस्तारै यसलाई आधुनिक विमानहरूले प्रतिस्थापन गरिँदै गरेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, १० : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुडानमा विमान दुर्घटना, जनाको मृत्यु
अमेरिकी सेनाको विमानमा आक्रमण, क्षेत्रीय अस्थिरता बढ्यो
कोलम्बियामा १२१ जना सवार सैनिक विमान दुर्घटना
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन
लिबियाका सेना प्रमुखको विमान दुर्घटनमा परी मृत्यु
भारतले इजरायलसँग आकासमा इन्धन भर्ने ६ वटा विमान किन्ने