काठमाडौँ । सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको बताएको छ ।
परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ । साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहो¥याएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २४ पुस २०७६, १६ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजराइलमा ५५०० र इरानमा १२ नेपाली सुरक्षित : परराष्ट्र मन्त्रालय
पाकिस्तानमा अध्ययनरत विद्यार्थीसँग सम्पर्कमा छौँ : परराष्ट्र मन्त्रालय
भारतमा रेल दुर्घटनामा ज्यान गुमाएका ७ नेपालीको विवरण सार्वजनिक
प्रधानमन्त्रीको भ्रमणपछि चीनको सहयोग थप विस्तार हुनेछ : परराष्ट्र मन्त्रालय