काठमाडौं । नेपालबाट भारत पुगेका एक ‘अन्डरवल्र्ड डन’लाई भारतीय प्रहरीले पटनाबाट गिरफ्तार गरेको छ ।
कुनै समय अन्डरवल्र्ड डन दाउद इब्राहिमका निकट सहयोगी मानिएका एजाज लकडावालालाई मुम्बई प्रहरीले पटनाबाट गिरफ्तार गरेको हो । मुम्बई प्रहरीले उनलाई पक्राउ गरिएको जानकारी बिहीबार दिएको हो । प्रहरीका अनुसार उनलाई बुधबार पक्राउ गरिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार अन्डरवल्र्डका अर्का डन छोटा राजनसँग निकट भएपछि दाउदको समूहले सन् २००३ मा एजाजमाथि बैंककमा हमला गरेको थियो । सो हमलामा उनी मारिएको चर्चा भए पनि उनी जीवितै रहेको रहस्य निकै पछि खुलेको थियो ।
सो हमलापछि एजाज क्यानाडा पलायन भए । क्यानाडामा उनी एकपटक गिरफ्तारसमेत भएका थिए । केही दिनमै रिहा भएपछि उनी भूमिगत भएर अन्डरवल्र्डमा सकृय भएको बताइन्छ । भारतका विभिन्न सहरमा पछिल्लो समय एजाजको समूहले आफ्नो प्रभाव बढाएको, धम्क्याएर व्यापारीहरुबाट ठूलो परिमाणममा रकम असुली गर्ने गरेको थियो ।
मुम्बई प्रहरीका अनुसार एजाजकी छोरी सोनिया शेखलाई केही दिनअघि मुम्बईबाट पक्राउ गरिएको थियो । उनी नेपालतर्फ भाग्ने तयारी गरिरहँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
नक्कली राहदानीका आधारमा विदेश जाने योजनाका साथ नेपाल जाने तयारी गरिरहेको अवस्थामा सोनियालाई पक्राउ गरिएको मुम्बई प्रहरीले जनाएको हो ।
एजाजकै छोरीसँगको सोधपुछका क्रममा एजाज ८ जनवरीमा पटना आउने जानकारी प्रहरीले जुटाएको थियो । सोही आधारमा मुम्बई प्रहरीको एउटा टोली पटना पुगेको थियो । पटना प्रहरीको सहयोगमा एजाजसहित तीन जनालाई गिरफ्तार गरिएको मुम्बई प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ पुस २०७६, १५ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ