सर्लाही । प्रहरीले सर्वसाधारणलाई चरम ठगी गर्दै आइरहेका सर्लाहीका दुई जना मिटर ब्याजी साहुकारमध्ये बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु रायलाई पक्राउ गरेको छ ।
पक्राउ परेका राय राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य हुन् । अर्का मिटर ब्याजी सोनवर्षाका सञ्जय शाह रौनियार भने फरार छन् । ठगी काण्ड सार्वजनिक हुँदै गर्दा मिटर ब्याजी रौनियार भने भागेर भारतको सीतामढी पुगेका छन् । पक्राउ परेका राय र फरार रौनियार तथा उनीहरूको परिवारको नाममा तराईका विभिन्न जिल्लामा रहेका सबै सम्पत्ति रोक्का गरिएको छ ।
गृह मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत तराईका सबै मालपोत कार्यालमा उनीहरूको नाममा रहेको जग्गा रोक्का गर्न निर्देशन दिएको हो । उनीहरूको बैंक खातासमेत रोक्का गरिएको छ । फरार रौनियारसँग नेपाल र भारत दुवै देशको नागरिकता रहेको बताइएको छ ।
फरार रौनियारको भारतको सीमावर्ती क्षेत्र सोनवर्षा बजारमाा ‘साडी संसार’ कपडाको पसल छ भने भारतकै सीतामडीमा आशीवार्द होटल एन्ड लज छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ पुस २०७६, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ