काठमाडौँ । इस्लामिक रिभोलुसनरी गाडए क्रप्सका प्रमुख कासिमी सुलेमानीको हत्यापछि इरानले इराकमा तैनाथ अमेरिकी सैन्य बेसमा गरेको आक्रमणपछि नेपाली सेनाले शान्ति स्थापनार्थ यूएन मिशनहरुमा तैनाथ आफ्ना युनिटहरुलाई आवश्यक सुरक्षा सतर्कता अबलम्वन गर्न निर्देशन दिएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार एक विज्ञप्तिमार्फत उक्त स्थानमा तैनाथ नेपाली शान्ति सैनिकहरु सकुशल रहेको पनि जानकारी गराएको छ ।
सेनाले ईराकमा तैनाथ गार्ड युनिट लगायत युएनआईएफआईएल मिशन लेवनान र युएनडीओएफ मिशन र सिरियामा तैनाथ नेपाली सेनाका युनिटहरुलाईसमेत विशेष सुरक्षा सतर्कता अबलम्वन गर्न, परिस्थितिको निरन्तर अनुगमन गर्न तथा मिशन हेडक्वार्टर र शान्ति सेना सञ्चालन निर्देशनालयसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, १९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व शान्तिमा नेपाली सेनाको गर्व लायक उपस्थिति
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
नेपाली सेनाका रथी श्रेष्ठ यूएनको फोर्स कमान्डरमा नियुक्त
नेपाली सेनाद्वारा एक वर्षमा ४२ नाल हतियार, पासो र ४ हजार घरेलु हतियार बरामद
अनाधिकृत हातहतियार सुरक्षाकर्मीलाई बुझाउन नेपाली सेनाको आग्रह
अमेरिकाले नेपाली सेनालाई दियो स्काई ट्रक र एयर एम्बुलेन्स