काठमाडौँ । इराकमा रहेका नेपाली फिर्ता ल्याउने बिषयमा सरकार ‘पर्ख र हेर’ को नीति अपनाएको छ । इरान र अमेरिकाबीच चर्किदो द्धन्द्धले भविष्यमा युद्ध निम्तेको अवस्थामा इरान र इराकका नेपाली समेत असुरक्षित रहन्छन् । यस अवस्थामा तत्काल उद्धार गर्ने बाटोमा जानुभन्दा पनि ‘पर्ख र हेर’को अवस्थाको सरकार रहेको छ ।
त्यसका लागि श्रम मन्त्रालय, परराष्ट्र र गृह मन्त्रालयबीच आइतबार बैठक बसेको थियो । तत्काल उद्धार गर्नुपर्ने अवस्था नरहेकाले पछि कुनै घटना भईहालेमा कसरी अघि बढ्ने भन्ने बिषयमा मन्त्रालयले छलफल शुरु गरेको छ । त्यसको नेतृत्व परराष्ट्र मन्त्रालयले लिने गरी एउटा समिति नै गठन गरेर काम गर्ने तयारीमा सरकार रहेको श्रम मन्त्रालय स्थित उच्च स्रोतले जनाएको छ ।
‘पहिले त्यहाँ रहेका नेपालीको यकिन गर्ने अनि संकट आएमा उनीहरुलाई फिर्ता ल्याउन पहल गर्ने किसिमले काम गर्ने सहमति तीन मन्त्रालयबीच भएको छ,’ श्रम मन्त्रालयका उच्चाधिकारीले भने, ‘त्यसका लागि सम्बन्धित राजूदताबासलाई नेपालीको यकिन जानकारी दिन भनिएको छ ।’
इरानका सैन्य जर्नेल कासिम सुलेमानीको अमेरिकाको ड्रोन आक्रमणमा मारिएपछि इरान र अमेरिकाबीच अहिले वाकयुद्ध चलिरहेको छ । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोकेको छ । अमेरिकाले पनि इराकबाट आफ्नो सैन्य टुकडी फिर्ता नलगी युद्धको तयारी गरेको संकेत गरेको छ । वाकयुद्ध सैन्य युद्धमा परिणत भएमा इरानी, इराकीलाई मात्र असर गर्दैन, त्यहाँ काम गर्न पुगेका नेपाली कामदारको ज्यान संंकटमा पर्न सक्छ ।
त्यसैले पनि केही भईहाले कसरी अघि बढ्ने भन्नेसम्मको प्रारम्भिक तयारी सरकारले गरेको परराष्ट्र स्रोत बताउँछ । इराकमा सुरक्षा गार्ड, वेटर, कुक, सेल्सम्यान तथा घरेलु कामदारका रुपमा नेपाली रहेका छन् । सरकारले त्यहाँ काम गर्न वैधानिक स्विकृति नदिएको भएपनि अन्य बाटो भई इराक जानेको संख्या उल्लेख्य रहेको त्यहाँ स्थित नेपालीहरु बताउँछन् ।
यस अघि अमेरिका इराक युद्ध हुँदा पनि धेरै नेपालीको ज्यान संकटमा परेको थियो । त्यो बेला इराकी शासक सद्धाम हुसेनलाई मारेपछिमात्र अमेरिकाले इराकमा बमबारी रोकेको थियो । इरानमा समेत अवैधानिक मार्गबाट नेपाली पुगेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायलसँगको युद्धपछि पहिलोपटक सार्वजनिक रूपमा देखिए इरानका सर्वोच्च नेता
इरानद्वारा अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँगको सहकार्य निलम्वन
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
इरानका सर्वोच्च नेताले भने- अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए
इजरायली आक्रमणमा परि इरानमा हालसम्म ६०६ जनाको मृत्यु