प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०८२, ११ : ५०
प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपाको नाराबाजी, बजेटमाथिको छलफल जारी

काठमाडौं । रास्वपाका सांसदले आज पनि प्रतिनिधिसभाको बैठकमा वेल घेराउसहित नाराबाजी गरिरहेका छन् । रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कार बाबजुद सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ ।

रास्वपाका सांसद असिम साहले आफूहरूको एक्लोपनलाई कमजोरी नठान्न चेतावनी दिँदै गृहमन्त्री रमेश लेखकको राजीनामा अडान दोहोर्‍याए । त्यस्तै राप्रपाका शांसद धवल शमशेर राणाले चैत १५ को आन्दोलनमा मञ्चमा अश्रुग्यास हानेर राज्यले हिंसा मच्चाएको आरोप लगाए ।