काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरसफाइकर्मीको आन्दोलन, फोहरका थुप्रोले यात्रु हैरान
न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित
आजदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १६ घण्टा सञ्चालनमा आउने
त्रिभुवन विमानस्थल अब ८ घण्टामात्र बन्द हुने
त्रिभुवन विमानस्थलमा अतिरिक्त भत्ता दिएर कर्मचारी खटाइने
गृह मन्त्री लेखकद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक अनुगमन