काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक भए/नभएको विषयमा जवाफ पठाएको छ । अद्यावधिकबारे रास्वपाले दिएको निवेदन उपर आयोगले आइतबार पत्रमार्फत जवाफ पठाएको हो । २०८२ असार १९ र गत वर्ष साउन १७ गते रास्वपाबाट पेस भएको कागजात उपर अध्ययन भइरहेको आयोगले पत्रमा उल्लेख गरेको छ ।
रास्वपाले असार ७ गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरेको निर्णय गरेको थियो । यस्तै पदाधिकारी हेरफेरका लागि असार ९ गते आयोगमा निवेदन दिएको थियो । त्यसमा त्रुटि रहेको भन्दै आयोगले सच्याउन पत्राचार गरेपछि रास्वपाले फेरि असार १९ गते अध्यावधिकका लागि निवेदन दिएको थियो ।
पदाधिकारी हेरफेर सम्बन्धी रास्वपाले दिएको निवेदनलाई चुनौती दिँदै पूर्वमहामन्त्री डा. मुकुल ढकालले सर्वोच्चमा मुद्दा समेत दायर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह