काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) लाई पदाधिकारी हेरफेरसम्बन्धी विवरण अद्यावधिक भए/नभएको विषयमा जवाफ पठाएको छ । अद्यावधिकबारे रास्वपाले दिएको निवेदन उपर आयोगले आइतबार पत्रमार्फत जवाफ पठाएको हो । २०८२ असार १९ र गत वर्ष साउन १७ गते रास्वपाबाट पेस भएको कागजात उपर अध्ययन भइरहेको आयोगले पत्रमा उल्लेख गरेको छ ।
रास्वपाले असार ७ गते बसेको केन्द्रीय समिति बैठकले महामन्त्रीमा कवीन्द्र बुर्लाकोटीलाई महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गरेको निर्णय गरेको थियो । यस्तै पदाधिकारी हेरफेरका लागि असार ९ गते आयोगमा निवेदन दिएको थियो । त्यसमा त्रुटि रहेको भन्दै आयोगले सच्याउन पत्राचार गरेपछि रास्वपाले फेरि असार १९ गते अध्यावधिकका लागि निवेदन दिएको थियो ।
पदाधिकारी हेरफेर सम्बन्धी रास्वपाले दिएको निवेदनलाई चुनौती दिँदै पूर्वमहामन्त्री डा. मुकुल ढकालले सर्वोच्चमा मुद्दा समेत दायर गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ असार २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन आयोगले दियो राजनीतिक दलहरुलाई २० बुँदे निर्देशन
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
समानुपातिक उम्मेदवार सूचीमा कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने
निर्वाचन आयोगमा ३३ वटा दलले बुझाए गत आर्थिक वर्षको आय-व्यय विवरण
निर्वाचन आयोगले थप्यो दल दर्ताको समय
राष्ट्रिय सभा निर्वाचनमा भाग लिन एमालेले निर्वाचन आयोगमा गरायो दल दर्ता