काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले एउटा क्षेत्रको रूपमा मात्र नहेरी अब आइटीलाई सम्पूर्ण क्षेत्रसँग जोडेर हेर्ने बेला आएको बताएका हुन् ।
‘नेपालमा हामी छुट्टै कृषिको कुरा गरिरहेका हुन्छौँ । स्वास्थ्य, शिक्षाको छुट्टाछुट्टै कुरा गरिरहेका छौँ । मानौँ, त्यो चाहिँ छुट्टै संसार हो,’ थापाले भने, ‘अनि आइटीमा काम गरिरहेकाको चाहिँ अर्को छुट्टै संसार भन्ने ठान्छौँ । त्यो हैन । आइटी भनेको त कृषि, स्वास्थ्य, शिक्षामा कसरी प्रविधि लाने भन्ने विषय हो ।’
जस्तो, ‘शिक्षा क्षेत्रमा गणित र विज्ञानमा ठूलो समस्या छ भनेपछि सायद प्रविधिले त्यसलाई सहज बनाउन सक्छ कि ? यसबीचको खाडल भर्न सक्छ कि ? हाम्रो स्वास्थ्यमा जनशक्तिको एकदम ठूलो समस्या छ भनेपछि त्यहाँ प्रविधि प्रयोग गर्न सक्छौँ कि ? भनेर सोच्ने बेला आएको’ थापाले बताए ।
‘सेक्टर छुट्टाएर हैन, यी सबैलाई एकै ठाउँ राखेर काम गर्नुपर्छ । छलफल गर्नुपर्छ,’ थापाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीय तह निर्वाचनअघि १५औं महाधिवेशन हुन्छ : गगन थापा
शहीदका सपना पूरा गर्न उनीहरूले देखाएको बाटोमा हिँडौँ : गगन थापा
मधेश काँग्रेसको जन्मभूमि हो: गगन थापा
म भाग्ने मान्छे होइन, फेरि सभापति बन्नुछ: गगन थापा
उम्मेदवार चयनमा कमजोरी भएको गगनको स्वीकारोक्ति
सानेपा पुग्दै सभापति गगनसहितका पदाधिकारी