काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सूचना प्रविधिलाई अझै पनि छुट्टै क्षेत्रका रूपमा मात्रै हेर्न नहुने बताएका छन् । काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रममा बोल्दै थापाले एउटा क्षेत्रको रूपमा मात्र नहेरी अब आइटीलाई सम्पूर्ण क्षेत्रसँग जोडेर हेर्ने बेला आएको बताएका हुन् ।
‘नेपालमा हामी छुट्टै कृषिको कुरा गरिरहेका हुन्छौँ । स्वास्थ्य, शिक्षाको छुट्टाछुट्टै कुरा गरिरहेका छौँ । मानौँ, त्यो चाहिँ छुट्टै संसार हो,’ थापाले भने, ‘अनि आइटीमा काम गरिरहेकाको चाहिँ अर्को छुट्टै संसार भन्ने ठान्छौँ । त्यो हैन । आइटी भनेको त कृषि, स्वास्थ्य, शिक्षामा कसरी प्रविधि लाने भन्ने विषय हो ।’
जस्तो, ‘शिक्षा क्षेत्रमा गणित र विज्ञानमा ठूलो समस्या छ भनेपछि सायद प्रविधिले त्यसलाई सहज बनाउन सक्छ कि ? यसबीचको खाडल भर्न सक्छ कि ? हाम्रो स्वास्थ्यमा जनशक्तिको एकदम ठूलो समस्या छ भनेपछि त्यहाँ प्रविधि प्रयोग गर्न सक्छौँ कि ? भनेर सोच्ने बेला आएको’ थापाले बताए ।
‘सेक्टर छुट्टाएर हैन, यी सबैलाई एकै ठाउँ राखेर काम गर्नुपर्छ । छलफल गर्नुपर्छ,’ थापाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०९ असार २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्ने गगन थापाको प्रतिबद्धता
गगन थापाको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव काँग्रेस केन्द्रीय कार्यसमितिमा पेस
‘बदलिएको कांग्रेस’को सन्देश प्रभावकारी रूपमा पुर्याउन पर्याप्त समय भएन : गगन थापा
सभापति पदबाट राजीनामा दिने मुडमा गगन थापा
अमरेशलाई बधाई दिँदै गगन थापाले भने –’चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
सर्लाही-४ : कांग्रेस सभापति गगन थापालाई हराउँदै रास्वपाका सिंह विजयी