साफ यु-२० च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

सफल खबर संवाददाता

आइतबार, २९ असार २०८२, ११ : १४
साफ यु-२० च्याम्पियनसिप: नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ यु-२० महिला च्याम्पियनसिपमा नेपालले घरेलु टिम बंगलादेशसँग खेल्दै छ। खेल नेपाली समयअनुसार ६:४६ मा बसुन्धरा किङ्स एरिनामा सुरु हुनेछ।

साविक विजेता रहेको बंगलादेश यो प्रतियोगितामा नेपालको लागि सबैभन्दा बलियो प्रतिस्पर्धी हो। नेपालले पहिलो खेलमा भुटानलाई ६-१ गोलले पराजित गरेको छ भने बंगलादेशले श्रीलंकालाई ९-१ गोलले पराजित गरेको छ। यो प्रतियोगितामा भारत भने सहभागी छैन।

दुई वर्षअघि बंगलादेशमा भएको साफ च्याम्पियनसिपको फाइनलमा नेपाल ३-० ले पराजित भएको थियो। पछिल्लो समय महिला साफमा बंगलादेश र नेपाल धेरै पटक फाइनलमा भिडिरहेका छन्।

 

प्रतिक्रिया दिनुहोस