एजेन्सी । इरानका स्वास्थ्य मन्त्रीले १३ जुनदेखि १२ दिनसम्म चलेको इजरायली आक्रमणमा ६०६ जनाको मृत्यु भएको बताएका छन् ।
इरानी स्वास्थ्य मन्त्री मोहम्मद रजा जफरगनीका अनुसार, इजरायली आक्रमणहरूमा पाँच हजारभन्दा बढी मानिस घाइते भएका छन् । उनीहरूको उपचार चलिरहेको बीबीसीले जनाएको छ ।
तर, द्वन्द्वको निगरानी गर्ने मानव अधिकार समूह, ‘ह्युमन राइट्स एक्टिभिस्ट्स इन इरान’ले मृत्यु हुनेहरूको संख्या आधिकारिक तथ्यांकभन्दा लगभग दोब्बर रहेको बताएको छ । यो संस्थाले अहिले सम्म ९७४ जनाको मृत्यु भएको जनाएको छ ।
इरानी स्वास्थ्य मन्त्रीले इरानमा पछिल्लो २४ घण्टामा सबैभन्दा भीषण आक्रमणहरू भएका र त्यसमा १०७ जनाको मृत्यु भएको बताए ।
इरानी अधिकारीहरू र सरकारी टेलिभिजनले बताएअनुसार ११ दिनको द्वन्द्व समाप्त गर्ने युद्धविराम लागु हुनुभन्दा केही घण्टाअघि उत्तरी इरानमा भएको रातभरको इजरायली आक्रमणमा एक वरिष्ठ आणविक वैज्ञानिकसहित नौ जनाको मृत्यु भएको थियो ।
सरकारी टेलिभिजनले बताए अनुसार वैज्ञानिक मोहम्मद रजा सेद्दिकी साबेरको गिलान प्रान्तको अस्ताने–ये असरफियेहमा रहेको आफ्ना आमाबुवाको घरमा हत्या भएको हो ।
गिलानका उप–गभर्नरले एक आवासीय भवनमा भएको विस्फोटले चारवटा अपार्टमेन्टहरू नष्ट भएको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ११ असार २०८२, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इरानको शान्ति प्रस्तावप्रति राष्ट्रपति ट्रम्पको शंका, सम्भावित सैन्य कारबाहीको संकेत
भारतीय दूतावासद्वारा आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान
इरानले माग्यो ५ देशसँग युद्धमा भएको क्षतिको भरपाई
अमेरिका-इरान वार्तामा सहमति जुट्न सकेन