टिकटकको लोकप्रिय जोडि एलिजे र आयुषले गरे कानूनी विवाह

सफल खबर संवाददाता

सोमबार, ३० असार २०८२, १५ : २९
टिकटकको लोकप्रिय जोडि एलिजे र आयुषले गरे कानूनी विवाह

काठमाडौं। टिकटकबाट लोकप्रिय बनेका आयुष सिंह तथा एलिजे जमालीले कानूनी रूपमा विवाह गरेका छन् । दुवईकी एलिजे तथा नेपालका आयुषले काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका छन् । दुवैको प्रेम सम्बन्धको लामो समयदेखि चर्चा चल्दै आएको थियो ।

अघिल्लो वर्ष दुबईमा इन्गेजमेन्ट गरेको यो जोडी एक साथ बस्दै आएका थिए । दुवैले अदालतमा नै दुबोको माला लगाएर बेहुला-बेहुलीको भेषमा फोटो पनि खिचाएका छन् ।त्यस्तै एलिजेलाई आयुषले पोते लगाइ दिएका छन् भने एलिजेले पनि आयुषको खुट्टा ढोगेकी छिन् । अहिले दुवैलाई वैवाहिक जीवनको शुभकामना आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस