काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य ललनकुमार रायको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाले आज एक शोक विज्ञप्तिमार्फत उहाँको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
महासमिति सदस्य रायको आज बर्दिवास नजिक बस दुर्घटनामा परी निधन भएको हो । काठमाडौँबाट महोत्तरीतर्फ जाँदै गरेको गङ्गोत्री यातायातको बस ट्रकमा ठोकिँदा दुर्घटना भएको थियो । स्व रायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी सङ्गठनमा पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले एक कुशल सङ्गठन कर्तालाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ ।
महोत्तरीको मनरा सिसुवा नगरपालिका–९ निवासी स्व राय संविधानसभा सदस्य निर्वाचन २०७० मा महोत्तरी निर्वाचन क्षेत्र नं ४ बाट काँग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । विसं २०३६ देखि नै विद्यार्थी राजनीतिमा संलग्न रहेर उहाँले आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि गरिएको संघर्षका क्रममा उहाँले करिब तीन वर्ष जेल जीवनसमेत बिताउनुभएको थियो ।
उक्त दुर्घटनामा काँग्रेस महोत्तरीका क्षेत्रीय सभापति राधवेन्द्र झा र नेता जयप्रकाश चौधरी समेत गम्भीर घाइते हुनुभएको काँगे्रसले जनाएको छ । घाइतेको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । सभापति देउवाले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सिंगापुरको विमानस्थलबाट ह्विल चियरमा बाहिरिए देउवा दम्पती
देउवा दम्पती गए सिंगापुर
गौरापर्वले नारी शक्ति, समर्पण र संस्कृतिप्रतिको आस्थालाई उजागर गर्छः सभापति देउवा
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा