काठमाडौँ । नेपाल प्रहरीले पचास बिघाहा क्षेत्रफलमा लगाएको अफिमखेती नष्ट गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले मकवानपुरमा ६० बिघाहा १० कठ्ठामा लगाइएको गाँजा र ५० बिघाहा छ कठ्ठामा लगाइएको अफिमखेती नष्ट गरेको हो ।
ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक दिनेश अमात्यले मकवानपुरको राक्सीराङ गाउँपालीकाको ज्यामुङ, डण्डुटार, सुनारी, सौराहा, सानो भावर, रानीवाङ, माकदमार, देवीटार, काँकडा, ठूलोभावर, सिम्किम, बटार, पाङबुङलगायत गाउँमा लगाइएको गाँजा र अफिमखेती नष्ट गरिएको जानकारी दिनुभयो ।
“लागुऔषधको अवैधखेती भएको जानकारीको आधारमा ब्यूरोको प्रहरीले मकवानपुरमा पुगेर गाँजा र अफिमखेती नष्ट गरेको हो,” उहाँले भन्नुभयो । ब्यूरोले गाँजा र अफिमखेती नष्ट गर्न प्रहरी निरीक्षकको नेतृत्वमा ७८ जना प्रहरीलाई मकवानपुर पठाएको थियो । प्रहरीले यही पुस १६ देखि १९ गतेसम्म मकवानपुरमा लगाएको गाँजा र अफिम खेती नष्ट गरेको ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २१ पुस २०७६, २० : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ