उपप्रधानमन्त्री इश्वर पोखरेलको ‘यति’ कनेक्सन

सफल खबर संवाददाता

आइतबार, २० पुस २०७६, १२ : १७
उपप्रधानमन्त्री इश्वर पोखरेलको ‘यति’ कनेक्सन

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोखरेलको धन्दा पछिल्ला दिनमा कसरी राज्यस्रोतको दुरुपयोग गर्ने र कसरी पैसा कमाउने भन्दा थप अरु केही छैन । गृहमन्त्री अध्यक्ष रहने नेपाल ट्रष्टको कानून नै परिवर्तन गरेर पोखरेलले लुटपाट गरिरहेका छन् । पूर्वराजा वीरेन्द्र शाहको सम्पत्तिको विषयमा छानबीन गर्न गठित ट्रष्टलाई व्यक्तिगत कमाउ धन्दामा लगाएका छन् पोखरेलले ।

पछिल्लो पटक सो संस्थाको सल्लाहकारमा नियुक्ति दिएका याङजोम शेर्पाको हैसियत नै नपुग्ने र नमिल्ने पाइएको छ । शेर्पा यति समूहको कर्मचारी रहेको बताइन्छ । शेर्पा समाजको महासचिव समेत रहेकी शेर्पालाई उनै पोखरेलले मोटो रकम लिएर ट्रष्टको सल्लाहकारका रुपमा सुरुमा राखेका थिए । पछि अवैध रुपमा बोर्ड सदस्य समेत बनाएका छन् । 

उपप्रधानमन्त्री पोखरेलले सरकारी सम्पत्तिलाई हुने नहुने काममा प्रयोग गरेका छन् । देशभर रहेका पूर्वराजा वीरेन्द्रको सम्पत्ति जति सबै आङछिरिङ शेर्पाको कम्पनी यतिलाई नै जिम्मा दिने तयारीमा रहेका छन् । त्यसका लागि उनले सबै तारतम्य मिलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको योजनामैै उपप्रधानमन्त्री पोखरेलले काम गरिरहेको जानकारहरुले बताएका छन् । 

सरकारी सम्पत्ति कौडीको भाउमा दिएर अकूत कमाउने योजनामा पोखरेललगायतको समूह लागेका छन् । गोकर्ण फरेष्ट रिसोर्टको विषयमा त भए जतिका सबै विवरण सार्वजनिक भइसकेका छन् । अझै के कति बाँकी छन्, कागज मिलाएर दिन पोखरेल न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । पोखरेलले नै सबै तारतम्य मिलाएर कागज मिलाउन ट्रष्टका सचिव गजेन्द्र ठाकुरलाई जिम्मा दिएका छन् । 

सचिव ठाकुरको बारेमा धेरैलाई राम्रै जानकारी छ । सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन विशेष भूमिका खेलेका ठाकुर पछिल्लो पटक खानेपानी मन्त्रालयको सचिवका रुपमा रहँदा अवैध र गैरकानूनी रुपमा एक अर्ब ६५ करोड इटालीको कम्पनी सिएमसीलाई भुक्तानी गराउन खोजेका थिए । 

यस कार्यमा समेत प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल समेत जोडिएका थिए । अवैध एवम् गैरकानूनी रुपमा सिएमसीलाई भुक्तानी दिने र त्यसबाट मोटो रकम लिन नपाएपछि सचिव ठाकुरले खानेपानी मन्त्री बनिा मगरविरुद्ध पत्रकार सम्मेलन नै गरेका थिए । मन्त्रीले अवैध रुपमा पैसा दिन खोजिन्, त्यही रोक्न खोज्दा मलाई सरुवा गरियो भन्दै सचिव ठाकुरले अनावश्यक हल्ला गरेका थिए । 

उनै सचिव ठाकुरलाई सरकारले केही समय जगेडामा राखेर पछिल्लो पटक योजनामा नै नेपाल ट्रष्ट पठाइएको थियो । जहाँ  पुगेपनि गडबढी गर्ने र जसरी भएपनि पैसा कमाउने विशेष स्वभाव भएका ठाकुरलाई नै प्रयोग गरेर सरकारी सम्पत्ति सिमित व्यापारीलाई दिइएको हो । गोकर्ण रिसोर्टदेखि पूर्वराजाका नाममा रहेका सबै सम्पत्ति शेर्पा समूहलाई दिन लागिएको छ । सचिव ठाकुरले त यति समूहको विरुद्ध समाचार लेख्ने पत्रकारलाई समेत सिध्याइदिने धम्की दिएका छन् । 

सरकारी सम्पत्तिको रक्षा गर्न यति समूहलाई सरकारको सम्पत्ति दिइएको जस्ता कुतर्क गर्न समेत पछि नपरेका सचिव ठाकुर र उपप्रधानमन्त्री पोखरेलको मित्रता यतिखेर राम्ररी नै फैलिएको छ । उपप्रधानमन्त्री पोखरेल र मेरो मित्रता पनि अजिवको छ, उहाँ असाध्यै मिल्दारी हुनुहुन्छ, मेरो कुरा बुझन्ह्न्छ र असाध्यै व्यवसायिक हुनुहुन्छ भन्दै सचिव ठाकुरेले ट्रष्टको कार्यालयमा बसेर आफ्ना निकटस्तलाई गफ समेत दिने गरेका छन् । 

सचिव ठाकुरको कुराकानी सुनेका ट्रष्टका एक कर्मचारी भन्छन्, अझै केही महिना सचिवका रुपमा ठाकुर बसे भने पूर्वराजाको नाममा रहेका कुनै पनि सरकारी सम्पत्ति बाँकी रहने छैन । पोखरेल र ठाकुर मिलेर सबै सम्पत्ति कौडीको भाउमा भाडा दिने तयारी रहेको स्रोतको दावी छ । 

केही दिन पहिले भएको पत्रकार सम्मेलनमा समेत सरकारी जग्गा गौचरण हुनबाट बचाउन यति समूहलाई जिम्मा दिइएको बताएका थिए । सोही भनाइले पनि सरकारी सम्पत्ति कौडीको भाउमा १०० वर्षका लागि नै जिम्मा दिन खोजिएको बुझिन्छ । दरबारमार्गको मुख्य स्थानमा रहेको जग्गा नै ९९ वर्षका लागि भाडामा दिइएको छ । यसबाट पनि सरकारी सम्पत्तिमा कसरी लुटपाट गरिएको छ भन्ने प्रष्ट हुन जान्छ । 

पोखरेल र ठाकुरले गरेको निर्णय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपनि कुनै छानबीन गरिएको छैन । अख्तियार प्रमुख रहेका नविनकुमार घिमिरेलाई सो विषयमा छानबीन गरिए महाअभियोग लगाएर हटाइदिने धम्की समेत दिइएको छ । 

प्रतिक्रिया दिनुहोस