काठमाडौं । पचपन्न केजी गाँजासहित चार जना पक्राउ परेका छन् । तीन भारतीय र एक नेपालीलाई आज मकवानपुरबाट पक्राउ गरिएको प्रहरीले बताएको छ ।
करिब २० केजी गाँजासहित मकवानपुरको राक्सीसाङ गाउँपालिका–५ का राजकुमार मोक्तान र ३५ केजी लागुपदार्थसहित भारत मोतीहारीका दिलीपकुमार सिंहसहित अन्य दुई जनालाई आज हेटौँडाको रातमाटेबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका भारतीयले आफ्नै देशमा दर्ता भएको निजी कार र अभियुक्त मोक्तानले मालबाहक ट्रक गाँजा तस्करीमा प्रयोग गरेको बताउँदै त्यससम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १९ पुस २०७६, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
पाँच सय किलो गाँजासहित दश जना पक्राउ