सर्लाही । महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका-८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका-४ बस्ने १९ वर्षीय जय बहादुर खत्री सार्की र रामेछाप दोरम्बा गाउँपालिका-५ घर भइ काठमाडौं सतुङगल बस्ने २६ वर्षीया अमृता श्रेष्ठ अमृता श्रेष्ठ रहेका छन् ।
४ जना महिलाहरुलाई भारतमा काम लगाई दिन्छु भनी विभिन्न प्रलोभन देखाई भारततर्फ लादै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गर्नुका साथै ती महिलाहरुको प्रहरीले उद्दार समेत गरेको हो ।
उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, २१ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ
वडाध्यक्षलाई हातपात गरेको आरोपमा पत्रकार कुँवर पक्राउ