काठमाडौं । बराह सबडिभिजन वन कार्यालय चतराले एक नाल भरुवा र गोलीसहित दुई जनालाई शुक्रबार पक्राउ गरेको छ । वन गस्ती गर्ने क्रममा बराह क्षेत्र नगरपालिका–३ बस्ने ४५ वर्षीय बमबहादुर मगर र ३२ वर्षीय पे्रम कार्कीलाई पक्राउ गरिएको बराह सबडिभिजन वन कार्यालय चतराका अधिकृत शिवलाल बिकले जानकारी दिनुभयो ।
शिवलाल बिकको कमान्डमा गएको टोलीले नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडकदेखि १५० मिटरभित्र जङ्गलमा उनीहरुलाई हतियारसहित टोलीले फेला पारेको वन अधिकृत शिवलाल बिकले जानकारी दिनुभयो । उनीहरुका साथबाट एक भरुवा बन्दुक, एक खुकुरी, एक चुप्पी र १४ थान बन्दुकको गोली, दुई बट्टा बारुद तथा डोरी बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १८ पुस २०७६, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ