काठमाडौँ । विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार उनी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा बसेर गुण्डागर्दीमा सक्रिय थिए ।
पछिल्लो समयमा भने गत वर्ष चैत १८ गतेको एक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । त्यो बेला श्रेष्ठ र सहयोगी रेम्बो भन्ने अजय गुरुङले काठमाडौँ महानगरपालिका–२६ आइओडी क्लब अगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन् ।
पीडितको उजुरीका आधारमा खोजी गर्ने क्रममा उनलाई राति पक्राउ गरी थप कारवाहीका लागि आज महानगरीय प्रहरी वृत्त लैनचौर बुझाइएको थापाले जानकारी दिनुभयो । (रासस)
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०७६, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ
लागुऔषधसहित एकजना पक्राउ
३६ लाखको बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ