दाङ । घोराही उपमहानगरपालिका प्रगतिटोल बडराबाट रोल्पा परिवर्तन गाउँपालिका-५ राङकोट घर भएका ३४ वर्षीय राजकुमार दमाईलाई कटुवा पेस्तोल १ थान र सोको गोली १ थानसहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही उपमहानगरपालिका-१५ बीपी चोक बस्ने ४८ वर्षीय पुरुषलाई धम्की दिई १३ लाख रुपैयाँ चन्दा मागेको र पीडितले ३ लाख रुपैयाँ लिएर राजकुमारलाई भेट्न प्रगितिटोल बडरा गएको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पिछा गर्दै उक्त हतियार र लु.५६ प ८०६७ नम्बरको मोटरसाइकलसहित फेला पारी राजकुमारलाई पक्राउ गरेको हो ।
भोजपुर, हतुवागढी गाउँपालिका-९ भसुवाबाट चाइनिज पेस्तोलको ४ राउण्ड गोली सहित दैलेख दुल्लु नगरपालिका-२ बस्ने २७ वर्षीय वीरेन्द्र बहादुर थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई उक्त गोलीसहित फेला पारी नियन्त्रणमा लिएको हो । प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ पुस २०७६, १४ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
कास्की प्रहरीको स्वीप अपरेसन: एकै रातमा १२२ जना पक्राउ
विदेश पठाउने भन्दै ठगीको आरोपमा तीन जना पक्राउ
विमानस्थलबाट लागु औषधसहित एक अमेरिकी नागरिक पक्राउ