काठमाडौं । देउवा ‘पुरानो देउवा’ का रूपमा देखिन सकेनन् एकातिर प्रतिपक्षी भूमिका निर्वाह गर्न चुकेको कांग्रेस अर्कातिर आन्तरिक कलहको चपेटामा छ। त्यही कारण हिउँदे अधिवेशन औचित्यहीन र अर्थहीन तुल्याउने सत्तारूढ रणनीतिविरुद्ध कांग्रेस खुल्न सकेको छैन।
निर्वाचित कार्यसमितिको कार्यकाल सकिनु दुई महिनाअघि विभाग गठन गर्ने क्रममा विधानविपरीत दोब्बर वृद्धि गर्नु र कार्यकालको म्याद थप्नुले कांग्रेसभित्र विवाद चर्किएको हो। असहज अवस्थाबाहेक केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नु उपयुक्त हुँदैन। तर, कार्यकाल थप्दै महाधिवेशन पनि कार्यकालको अन्त्यसम्म धकेलेर कांग्रेस नेतृत्वले एकाधिकारवादी शैली अपनाएको आरोप विज्ञहरूको छ।
गुटगत घेरामा परेर एकपछि अर्काे गलत निर्णय गर्न सक्रिय भएपछि कांग्रेस संकटको भुमरीमा परेको छ। निर्वाचनमा होमिन नसक्ने र गुटगत फाइदा लिनेको सल्लाहमा पर्दा कांग्रेस सभापति शेरबहादुर देउवा ‘पुरानो देउवा’ का रूपमा देखिन सकेका छैनन्। विद्यार्थी राजनीतिबाट उदाएका मात्र होइनन्, कृष्णप्रसाद भट्टराईको राजनीतिक संस्कारमा हुर्केका देउवा एकाएक एकाधिकारवादी शैलीमा अघि बढ्दा मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल समस्यामा परेको छ।
यसको हिस्सेदारका रूपमा आफूलाई उभ्याउने प्रयासमा देउवा लागेको आरोप उनकै दलका कार्यकर्ताले लगाइरहेका छन्। अन्नपूर्ण पोस्टमा टिप्पणी छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ पुस २०७६, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार