काठमाडौं । देउवा ‘पुरानो देउवा’ का रूपमा देखिन सकेनन् एकातिर प्रतिपक्षी भूमिका निर्वाह गर्न चुकेको कांग्रेस अर्कातिर आन्तरिक कलहको चपेटामा छ। त्यही कारण हिउँदे अधिवेशन औचित्यहीन र अर्थहीन तुल्याउने सत्तारूढ रणनीतिविरुद्ध कांग्रेस खुल्न सकेको छैन।
निर्वाचित कार्यसमितिको कार्यकाल सकिनु दुई महिनाअघि विभाग गठन गर्ने क्रममा विधानविपरीत दोब्बर वृद्धि गर्नु र कार्यकालको म्याद थप्नुले कांग्रेसभित्र विवाद चर्किएको हो। असहज अवस्थाबाहेक केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नु उपयुक्त हुँदैन। तर, कार्यकाल थप्दै महाधिवेशन पनि कार्यकालको अन्त्यसम्म धकेलेर कांग्रेस नेतृत्वले एकाधिकारवादी शैली अपनाएको आरोप विज्ञहरूको छ।
गुटगत घेरामा परेर एकपछि अर्काे गलत निर्णय गर्न सक्रिय भएपछि कांग्रेस संकटको भुमरीमा परेको छ। निर्वाचनमा होमिन नसक्ने र गुटगत फाइदा लिनेको सल्लाहमा पर्दा कांग्रेस सभापति शेरबहादुर देउवा ‘पुरानो देउवा’ का रूपमा देखिन सकेका छैनन्। विद्यार्थी राजनीतिबाट उदाएका मात्र होइनन्, कृष्णप्रसाद भट्टराईको राजनीतिक संस्कारमा हुर्केका देउवा एकाएक एकाधिकारवादी शैलीमा अघि बढ्दा मुलुककै पुरानो र ठूलो लोकतान्त्रिक दल समस्यामा परेको छ।
यसको हिस्सेदारका रूपमा आफूलाई उभ्याउने प्रयासमा देउवा लागेको आरोप उनकै दलका कार्यकर्ताले लगाइरहेका छन्। अन्नपूर्ण पोस्टमा टिप्पणी छापिएकाे छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ पुस २०७६, ०८ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिंगापुरबाट फर्किदै देउवा, पार्टीमा आफैं सक्रिय हुने तयारी
देउवाको साथ छोड्दै गगनसंग नजिकिए यि कांग्रेसी नेता
पार्टी सत्ताबाट देउवाको शान्त बिदाई
यस्तो छ जेनजी आन्दोलनपछि पहिलो पटक देउवाको सम्बोधन (पूर्णपाठ)
जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा
देउवाको शुभकामना सन्देश : राजनीतिक निकास यही संविधानभित्रबाट खोज्न सकिन्छ