इटहरी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ।
‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका आधारमा केही निर्णय गरेको हो,’ सभापति देउवाले मेलमिलाप दिवसका अवसरमा बुधबार सुुनसरीको इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बाध्यताले बहुमतले केही निर्णय गर्नुपरेको हो।’
देउवाले पार्टीभित्र जतिसुकै राम्रो काम गर्दा पनि पौडेल पक्षले जस नदिएको गुनासो गरे। ‘मलाई पौडेल पक्षबाट जहिल्यै पेल्ने काममात्र भएको छ,’ उनले भने, ‘म पार्टीभित्रका विवाद मिलाउने पक्षमा छु तर पौडेल पक्ष वार्ता र सहमतिमा नआउँदा मलाई दिक्क लागेको छ।’
देउवाले एक अर्को प्रसंगमा सत्तारूढ दल नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्नु लाजमर्दो भएको बताए। ‘सत्तासीन नेकपाले सभामुख र उपसभामुख टुंगो नलगाउँदा संसद् नै बन्धक भएको छ,’ उनले भने। देउवाले ओली सरकार अहिलेसम्मकै नालायक भएको टिप्पणी पनि गरे। स्थानीय नेताहरूका अनुसार सुनसरीमा कांंग्रेस बलियो हुँदै गए पनि अन्यत्र आन्तरिक विवादले संगठन अस्तव्यस्त बनेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १७ पुस २०७६, ०७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा