कपिलवस्तु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको तौलिहवास्थित भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुको शिवराज नगरपालिका– ११ सडवास्थित नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट पाएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरिएको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
गत शुक्रबार पुस ११ गते अनुसन्धान दुरुपयोग आयोग काठमाडौंबाट आएका टोलीले केन्द्रका डाक्टर पवन गुप्ता, डाक्टर रुप नारायण श्रेष्ठ र मत्सय विकास अधिकृत सुरेन्द्रप्रसाद भुजलाई नियन्त्रणमा लिएका थिए । केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले अख्तियारको केन्द्रीय कार्यालयबाट आएका टोलीले आफ्नो कार्यालयका ३ अधिकृतलाई अनुसन्धानका लागि काठमाडौं लगेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गैरकानुनी रूपमा एक करोड बढी आर्जन गर्ने नापी अधिकृतविरुद्धको मुद्दा सर्वोच्चमा पुनरावेदन
भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको संख्या तेब्बरले वृद्धि
घुससहित पक्राउ परेका अधिकृत र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशकसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रास्वपाका उम्मेदवार चौधरीसहित नौ जनालाई अख्तियारले बोलायो