बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा बुधबार ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।
भैरहवाबाट रड लिएर धनगढीतर्फ जाँदै गरेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान चार बजे नियन्त्रण गुमाएर पल्टिएको इलाका प्रहरी कार्यालय बग्नाहाले जनाएको छ ।
ट्रकमा चालक, सहचालक र दुई महिला यात्री रहेकोमा तीन जनाको मृत्यु भएको हो भने घोराही–११ निवासी चालक कर्णबहादुर चौधरी घाइते छन् । उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज पठाइएको बर्दिया प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाको सञ्चार शाखाले दिएको जानकारी अनुसार गुल्मी घर भएका अन्दाजी २५ वर्षीय सहचालक निमबहादुर सार्कीसहित दुई महिलाको दुर्घटनास्थलमै मृत्यु भएको हो । मृतक दुवै महिलाको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार ती दुवै महिला कुसुमबाट उक्त ट्रकमा चढेको अनुसन्धानबाट खुलेको छ । उनीहरुको ठेगाना र कहाँ जान लागेका थिए भन्नेबारे अझै खुल्न नसकेको बर्दिया प्रहरीले जनाएको छ ।
ट्रक पल्टिएर च्यापिएको अवस्थामा जेसीबीको सहयोगमा उद्धार गरिएको प्रहरीको भनाइ छ । उद्धारका क्रममा चालक घाइते अवस्थामा फेला परेको र अन्य तीन जनाको दुर्घटनास्थलमै मृत्यु भइसकेको अवस्थामा शव फेला परेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०७६, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु
ट्रकको ठक्करबाट घाइते भएका प्रहरी निरीक्षक लामाको मृत्यु
मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु