काठमाडौं । राजधानीको सोह्रखुट्टे ओरालोमा एक भयानक दुर्घटना भएको छ । पानी ट्यांकरले ५ वटा मोटरसाइकल र एक गाडीलाई ठक्कर दिएको हो ।
बा ३ ख ९४५० नम्बरको पानी ट्यांकर ओह्रालोमा ब्रेक फेल हुँदा पाँच वटा मोटरसाइकल र एक गाडीलाई ठक्कर दिएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले जनाएको छ ।
उनका अनुसार ट्याङकरले गाडीलाई ठक्कर दिँदै अगाडि बढ्दा २ वटा पसलमा समेत सामान्य क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । टयाङकर चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको सोह्खुट्टे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ पुस २०७६, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
ब्रेक फेल भएर बस पल्टियो, २६ जना घाइते
उदयपुरमा स्कुल बस दुर्घटना: एक जनाको मृत्यु, ३२ जना घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते