काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ ।
आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आज सोही कार्यालयबाट पक्राउ गरिएको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।
यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई रु पाँच हजार घुस लिएको अभियोगमा आजै आयोगले पक्राउ गरेको छ । मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १४ पुस २०७६, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ
विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
खैरो हेरोइनसहित एक जना ठमेलबाट पक्राउ