काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ ।
आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आज सोही कार्यालयबाट पक्राउ गरिएको हो । आरोपीमाथि थप अनुसन्धान भइरहेको छ ।
यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई रु पाँच हजार घुस लिएको अभियोगमा आजै आयोगले पक्राउ गरेको छ । मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ । आरोपी सशस्त्र प्रहरी जवानको छानविन भइरहेको आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १४ पुस २०७६, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७ लाख ९५ हजार भारतीय रुपैयाँसहित एक जना पक्राउ
बारामा ३ वर्षअघिको हत्याकाण्ड: फरार अभियुक्त पक्राउ परी पुर्पक्षका लागि जेल चलान
कर्तव्य ज्यान मुद्दामा सजाय तोकिएका फरार अभियुक्त झापाबाट पक्राउ
चितवनमा खैरो हेरोइनसहित पाँच जना पक्राउ
राष्ट्रपति कार्यालयबाट चोरी भएको हात्तीको दाह्रासहित पाँच जना पक्राउ
शङ्कास्पद गतिविधिमा संलग्न दुई चिनियाँ नागरिक पक्राउ