सम्झनामा राजा वीरेन्द्र

सफल खबर संवाददाता

सोमबार, १४ पुस २०७६, १५ : ४१
सम्झनामा राजा वीरेन्द्र

ललितपुर । स्वर्गीय राजा वीरेन्द्र शाहको ७५ औँ जन्मदिनको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।

शाहको जन्मदिनको अवसर पारेर जावलाखेल चोकमा रहेको शालिकमा माल्यार्पण गरिएको हो ।

शाहको २००२ साल पुस १४ गते जन्म भएको थियो । २०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको मृत्यु भएको थियो ।

राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति समेतले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस