काठमाडौँ । कास्कीको माछापुच्छ«े गाउँपालिका–५ रिभान बस्ने वर्ष ६७ का चिजा विकको हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा म्याग्दीको धवलागिरि गाउँपालिका–५ घर भई हाल पोखरा महानगरपालिका–२५ मा मजदूरी गर्दै आएका वर्ष ३९ का खिमबहादुर श्रीपाली रहेका छन् । अनुहारका विभिन्न भागमा चोटपटकसहित कोठाभित्र कपडाले छोपिएको र घरको मूल ढोकामा ताल्चा लगाइएको अवस्थामा यही पुस ८ गते विकको शव फेला परेको थियो ।
वृद्धाको हत्यापछि गरगहना लुटेर फरार भएका अभियुक्त श्रीपालीलाई शनिबार तनहुँको व्यास नगरपालिका–२ उत्तरशिला फिल्म हल नजिकबाट पक्राउ गरी कर्तव्य ज्यान र चोरी डाँका मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो ।
अभियुक्त श्रीपालीले मृतकको साथबाट चोरी गरेका गहना बिक्री गरेको पसलबाट बरामद गरिएको र खरिद गर्नेलाई कानूनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १३ पुस २०७६, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ