सुनको मूल्य तोलामा ७३ हजार ३००

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १२ : ०८
सुनको मूल्य तोलामा ७३ हजार ३००

काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ । साताको अन्तिम दिन शुक्रबार तोलामा ७३ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

चाँदी भने तोलामा ८८५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी तोलामा ८९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस