काठमाडौँ। केही दिनभित्रै नियमित अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक डीआईजी कार्यकाल बढाउन दौडधुपमा लागेका छन् ।
पाँचवर्षे पदावधिका कारण पुस १६ बाट अवकाश पाउन लागेका डीआईजीत्रय सुरजकुमार श्रेष्ठ, अरविन्द धिताल र बाबुराम पाण्डे सशस्त्र प्रहरी नियमावली संशोधन गरेर एक वर्ष कार्यकाल थप्न सक्रिय भएका हुन् ।
०७२ पुस १७ गते उनीहरू एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । श्रेष्ठ हाल सशस्त्र प्रहरी प्रवक्ताका रूपमा कार्यरत छन् । धिताल सशस्त्र प्रहरी प्रधान कार्यालय प्रशासन निर्देशनालय र पाण्डे मुक्तिनाथ वाहिनी पोखराका वाहिनीपति छन् । पाण्डे मंसिर २३ मा तीन साता लामो बिदा स्वीकृत गराएर काठमाडौंमा छन् ।
उच्च स्रोतले दिएको जानकारीअनुसार नियमावलीको दफा ६५ मा भएको व्यवस्था संशोधन गरेर डीआईजीको पदावधि ६ वर्ष बनाउन चलखेल भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर
सशस्त्र प्रहरी: जीवन बचाउने मिसनदेखि सीमा सुरक्षासम्म
धनुषामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त, ६ प्रहरी घाइते
अनुसन्धानका लागि अर्का इन्स्पेक्टर पक्राउ