काठमाडौँ। केही दिनभित्रै नियमित अवकाश पाउन लागेका सशस्त्र प्रहरीका तीन नायब महानिरीक्षक डीआईजी कार्यकाल बढाउन दौडधुपमा लागेका छन् ।
पाँचवर्षे पदावधिका कारण पुस १६ बाट अवकाश पाउन लागेका डीआईजीत्रय सुरजकुमार श्रेष्ठ, अरविन्द धिताल र बाबुराम पाण्डे सशस्त्र प्रहरी नियमावली संशोधन गरेर एक वर्ष कार्यकाल थप्न सक्रिय भएका हुन् ।
०७२ पुस १७ गते उनीहरू एसएसपीबाट डीआईजीमा बढुवा भएका थिए । श्रेष्ठ हाल सशस्त्र प्रहरी प्रवक्ताका रूपमा कार्यरत छन् । धिताल सशस्त्र प्रहरी प्रधान कार्यालय प्रशासन निर्देशनालय र पाण्डे मुक्तिनाथ वाहिनी पोखराका वाहिनीपति छन् । पाण्डे मंसिर २३ मा तीन साता लामो बिदा स्वीकृत गराएर काठमाडौंमा छन् ।
उच्च स्रोतले दिएको जानकारीअनुसार नियमावलीको दफा ६५ मा भएको व्यवस्था संशोधन गरेर डीआईजीको पदावधि ६ वर्ष बनाउन चलखेल भइरहेको छ । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई
सशस्त्र प्रहरीको प्रवक्तामा नायव महानिरीक्षक कार्की
सशस्त्र प्रहरीका तीन डिएसपी एसपी पदमा बढुवा सिफारिस
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन