२४ लाखभन्दा बढी महिला जग्गाको मालिक हुन पाए

पत्रपत्रिकाबाट

शनिबार, १२ पुस २०७६, ०९ : १५
२४ लाखभन्दा बढी महिला जग्गाको मालिक हुन पाए

काठमाडौं । महिला सशक्तीकरणमा टेवा पु¥याउन सरकारले महिलाका नाममा जग्गाधनी पूर्जा लिँदा रजिस्ट्रेसन शुल्क छुट लिन थालेपछि २४ लाख ७ हजार ५५६ महिला जग्गाको मालिक हुन पाएका छन् । 

आर्थिक वर्ष ०६४–०६५ देखि ०७५–०७६ सम्मको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक हो यो । यो अवधिमा महिलाका नाममा जग्गधनी पुर्जा लिनेको संख्या १७ गुणाले बढेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस