बारा । जीतपुर सिमरा उपमहानगरपालिका-७ स्थित सडकबाट प्रहरीलाई नगद २८ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने पर्सा वीरगंज महानगरपालिका-२ बस्ने ३५ वर्षीया अम्विया खातुनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही स्थानमा ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले वीरगंजबाट पथलैया हुँदै हेटौंडातर्फ जाने बसलाई जाँच गर्ने क्रममा खातुनले भन्सार छलीको सामान छुटाउन उक्त नगद दिन खोजे पश्चात नगद सहित पक्राउ गरेको हो ।
खातुनलाई थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा पठाइएको र वरामद सामानहरु आवश्यक कारवाहीका लागि वीरगंज भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, २० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा नेपाली नक्कली नोट छाप्ने कारखानामा छापा, १० जना पक्राउ
प्रतिबन्धित औषधिसहित एकजना पक्राउ
डकैती मुद्दाका अभियुक्त २१ वर्षपछि पक्राउ
दुर्गा प्रसाईँ पक्राउ
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ