काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको स्वाधीनता, एकता तथा राष्ट्रिय अखण्डतालाई मजबुत बनाउँदैे विकास र समृद्धिको अभियानमा जुट्न सबैलाई आह्वान गर्नुभएको छ । इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले एकता र सहिष्णुताको पूँजीलाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।
विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गरी यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको उल्लेख गर्दै उहाँले विभिन्न जातजाति, धर्म र समुदायबीचको सम्बन्धलाई प्रगाढ तुल्याइने बताउनुभएको छ ।
‘‘विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् ’’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘‘नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृतिसम्बन्धी विषयलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको छ ।’’
सन्देशमा लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता रहेको उल्लेख गर्दै उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा यस्ता विशेषता मौलिक पूँजीका रुपमा रहेको पनि बताउनुभएको छ । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०९ पुस २०७६, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली
राष्ट्रमाथि खडा भएको चुनौतीलाई सामना गरौं : ओली