रामपुर । पाल्पामा लागुऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । बुटवलबाट पोखरातर्फ हाइस गाडीमा जाँदै गर्दा दोभान प्रहरीचौकी पाल्पाले रोकेर जाँच गर्ने तिनाउ गाउँपालिका– ३ दोभानमा लागुऔषधसहित बाग्लुङ नगरपालिका– १० का १९ वर्षीय विवश मल्ल आज पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो ।
प्रहरीले गत मङ्सिर अन्तिम साता पनि दोभान झुम्सामा लागुऔषधसहित दुई जनालाई पक्रेको थियो । पटक पटक लागुऔषध ओसारपसारमा संलग्न केही व्यक्ति यही क्षेत्रमा फेला पार्न थालेपछि प्रहरीले सवारी साधन जाँचलाई कडा पार्दै लगेको छ ।(रासस)
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कैलालीमा एक वर्षमा लागुऔषधसहित पक्राउ परे ७७० जना
रुकुम पश्चिममा ७५ रोपनीमा लगाइएको अफिमखेती नष्ट
लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित ४ जना पक्राउ
लागुऔषधको कारोबार गरेकाे आराेपमा युवती र किशोर पक्राउ
गोली हानेर १ जना लागुऔषध कारोबारी पक्राउ, अर्का फरार