काठमाडौँ । गुटबन्दीको अन्त्य गर्ने प्रस्तावसहित सुरु भएको नेकपा स्थायी कमिटी बैठक सकिँदा नेताहरूमा गुटको स्पष्ट छाया देखिएको छ । राजधानीमा एक सातासम्म चलेको बैठकमा बोल्ने अधिकांश सदस्यहरू अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको वरिपरि रहेरै बहसमा केन्द्रित भए ।
बैठकमा ओलीनिकट नेताहरू सरकारको कामको बचाउमा केन्द्रित देखिए, दाहाल पक्षधरहरू सरकारको आलोचक र पार्टी कामको समर्थकका रूपमा प्रस्तुत भए भने नेपालपक्षीय नेताहरू सरकार र पार्टी कामबारे आक्रामक रूपमा प्रस्तुत भए । बैठकको दोस्रो दिन छलफलको उठान नै सरकारको कामको आलोचनाबाट भएको थियो तर बैठक सकिँदा अध्यक्ष दाहालले सरकारको कामका सन्दर्भमा स्थायी कमिटी सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिएनन् ।
बरु सरकारबारे प्रश्न उठाउनेहरूमाथि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल हाबी भए । उनले सरकारले गरेका कामको हिसाबकिताब देखाउँदै काम गरेन भन्नु पूर्वाग्रह मात्रै भएको बताए । वरिष्ठ नेता नेपालले सरकार कहाँ, कस्तो रूपमा छ, हेर्ने भए आफूले सँगै लिएर जाने बताएका थिए भने उनी पक्षधर युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, वेदुराम भुसाललगायतका नेताले सरकारले जनताको वास्तविक समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ पुस २०७६, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार संविधान र संघीय व्यवस्थाविरुद्ध उन्मुख छ: प्रचण्ड
मुलुकले सुगौली सन्धि यता यति ठूलो चुनौती सामना गर्नुपरेको थिएन: प्रचण्ड
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड