काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले कांगेसभित्र केही विवाद रहेको सुनाउँदै ती विवादको चाँडो समाधान हुनुपर्नेमा जोड दिएका छन् ।
राजधानीमा आइतबार आयोजित कार्यक्रममा उनले भने,‘बहुमतको आधारमा पेलेर अनुचित निर्णय गर्नुहुँदैन् । सहमतिमा निर्णय गरिनुपर्छ । महाधिवेशनलाई प्रभावित पार्ने कुनै पनि काम गर्नुहुँदैन् । मूल एजेण्डा अब महाधिवेशनलाई नै बनाउनुपर्छ ।’ उनले पार्टी एक बनाउने आम नेता तथा कार्यकर्ताको चाहना रहेको पनि सुनाए । उनले भने,‘पार्टीलाई बलियो बनाउनेगरि त्यही ढंगले गतिविधि गर्नुपर्छ ।’
उनले एमसीससी अमेरिकाको सैन्य गठबन्धनको अंग नभएकोले नेपालले संसदबाट चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने बताए । उनले भने,‘यो मिलिटरी एलायन्स होईन् । यसको मिलिटरीसँग कुनै सम्बन्ध छैन् । यसको प्युअर पर्पोज भनेको नै गरिबी निवारण हो ।’
महतले एमसीसीबारे भ्रममा नपर्नपनि सबैलाई आग्रह गरेका छन् । उनले भने,‘आजपनि मैले अखबारमा देखेको थिएँ, प्रचण्डजीले पनि केही भन्नुभएको रहेछ, एमसीसीबारे भ्रममा नपर्न म सबैमा आग्रह गर्दछु । यो सहयोग प्राप्त गर्न हामीले धेरै मेहनत गरेका छौं । यो कुनैपनि मुलुकको खिलाफमा छैन् । मुलुकको आर्थिक वृद्धिद्धर बढाउनको लागि एमसीसीअन्तर्गतका कार्यक्रमहरुले ठूलो मद्दत पुग्छ ।’
उनले उक्त एमसीसी संघीय संसदबाट चाँडोभन्दा चाँडो पारित गर्न सरकारसमक्ष आग्रह समेत गरे । उनले भने,‘जसले यसको विरोध गरिरहेका छन्, त्यो भनेको अज्ञानताको कारण हो । एमसीसी भनेको त स्वतन्त्र बडी हो । यसमा कहाँ छ सैन्य गठबन्धन ? यो अमेरिकाको सैन्य गठबन्धन हो भन्नु काल्पनिक कुरा हो ।’
महतले सन् २००४ मा अमेरिकाको संसदले कानून बनाएर एमसीसी पास गरेको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०७६, २१ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस मधेस प्रदेशले वीरगन्जमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने
संसद्को गतिरोधबारे कांग्रेस-रास्वपा छलफल
संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोज्नु अनुचित : नेपाली कांग्रेस
गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन समिति पनि बन्दैन: कांग्रेस
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’: डा. महत
सानेपाको अपार्टमेन्टमा कांग्रेसका पूर्वपदाधिकारीको छलफल