बिचौलियाको काम गरेको अभियोगमा छ जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, ०५ पुस २०७६, १६ : ४७
बिचौलियाको काम गरेको अभियोगमा छ जना पक्राउ

ललितपुर । ललितपुर महागनरपालिका-१३ एकान्तकुनास्थित यातायात कार्यालयमा बिचौलियाको काम गरेको अभियोगमा भोजपुर घर भएका २९ वर्षीय संजिब राई सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिचौलियाको काम गरिरहेको अवस्थामा महानगरीय वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस